एमालेमा गएका खड्कालाई माओवादीले राष्ट्रियसभा सदस्यबाट हटायो – Nepal Press

एमालेमा गएका खड्कालाई माओवादीले राष्ट्रियसभा सदस्यबाट हटायो

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई हटाएको छ। एमालेमा गएपछि उनलाई माओवादी केन्द्रले हटाएको हो।

माओवादी केन्द्रले शुक्रबार खड्काले दल त्याग गरेको सूचना संसद सचिवालयमा दर्ता गरेको हो। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्णय अनुसार माओवादी केन्द्रका राष्ट्रियसभा दलका नेता दीनानाथ शर्माले उनले दल त्याग गरको सूचना संसद सचिवालयमा दर्ता गराएका हुन्।

खड्कालाई माओवादी केन्द्रले २७ चैतमा कारबाहीका लागि स्पष्टीकरण सोधेको थियो । माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका रामबहादुर थापा ‘बादल’लाई कारबाही गरिसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर