स्पष्टीकरण सोधिएका दुई सांसदको मूलधारमा लाग्ने प्रतिबद्धता, योगेशसहित ५ को स्पष्टीकरण बाँकी – Nepal Press

स्पष्टीकरण सोधिएका दुई सांसदको मूलधारमा लाग्ने प्रतिबद्धता, योगेशसहित ५ को स्पष्टीकरण बाँकी

काठमाडौं । नेकपा एमालेले स्पष्टीकरण सोधेका संघीय संसदका २७ सांसदमध्ये पाँचजनाले दुई दिनको अवधिमा स्पष्टीकरण पेस नगरेको केन्द्रीय कमिटी बैठकमा जानकारी दिइएको छ ।

स्पष्टीकरण पेस नगर्नेमा योगेश भट्टराई, रामकुमारी झाक्री, मेटमणि चौधरी, निरा जैरु र दिपकप्रकाश भट्ट छन् । अधिकांस सांसदले सकारात्मक ढंगले नै स्पष्टीकरण पेस गरेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिएका छन् ।

बैठकमा अध्यक्ष ओलीले सिन्धुलीका गणेश पहाडी र दाङका हिराचन्द्र केसीले मूलधारमा लाग्ने प्रतिबद्धता जनाएको र सुनसरीका जयकुमार राई, पाल्पाका सोम पाण्डे र रौतहटकी कल्याणी खड्काले नरम र सुझावसहितको स्पष्टीकरण दिएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर