कोरोनाको कारण दाङका पत्रकार अधिकारीको मृत्यु – Nepal Press

कोरोनाको कारण दाङका पत्रकार अधिकारीको मृत्यु

दाङ । घोराही निवासी पत्रकार दामोदर अधिकारीको कोरोनाभाइरस संक्रमणका कारण निधन भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १७ बेलभार निवासी ४० बर्षीय पत्रकार अधिकारीको मंगलवार राति काठमान्डौंमा उपचारका क्रममा मृत्यु भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

अधिकारी चैत २५ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा घोराहीस्थित नेपाल पत्रकार महासंघमा भएको निर्वाचनमा मतदान गरेका थिए ।

चैत २६ गते पीसीआर परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य अवस्थामा बिग्रदै गएपछि वैशाख ३ गते अधिकारीलाई हेलिकोप्टर चार्टर गरी थप उपचारका लागि काठमाडौं लगिएको थियो ।

उनको उपचारका क्रममा मंगलवार राति काठमाडौंमा निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । पत्रकार अधिकारीले गोरक्ष राष्ट्रिय दैनिकमा चार बर्ष ब्यवस्थापकका साथै समाचार लेख्ने काम गरेका थिए । उनी एक निडर र निर्भिक पत्रकारका थिए ।

जो बिगतका कठिन परिस्थितिका बाबजुद समाचार सम्प्रेशनका लागि एक्लै साईकलबाट लमही पुगेका थिए ।

२०६२ साल फागुन २६ गते सुरक्षाकर्मीको गोली लागेर घोराहीमा उमेशचन्द्रको थापाले साहादत प्राप्त गरेपछि र ज्यूँदा शहिद कृष्ण गिरीमाथि गोली लागेको खवर सम्प्रेशसनका लागि एटलस साईकल चढेर अधिकारी एक्लै लमही पुगेका व्यक्ति हुन ।

त्यो कामका लागि अधिकारीलाई नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल र महासंघ दाङ शाखाका पूर्व अध्यक्ष सुदिप गौतमले समाचार लेखेर काठमाडौंमा फ्याक्स गर्नका लागि पठाएका थिए । तत्कालिन समयमा कर्फयू लगाइएको थियो ।

सेनाले यातायात ठप्प पारेको थियो । तुलसीपुर र घोराहीमा टेलिफोनहरु काटेको थियो । त्यही भएर उनी समाचार फ्याक्स गर्नका लागि २४ किलो मिटर टाढा साईकल चलाएर पुगेका थिए ।

अधिकारी परिवारका एक्ला छोरा हुन । उनका श्रीमती एक छोरा र छोरी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर