दुई न्यायाधीशले लिए सपथ, प्रधानन्यायाधीशले गराउने सपथग्रहण अब शीतल निवासको साटो सर्वोच्चमै हुने (भिडियो) – Nepal Press

दुई न्यायाधीशले लिए सपथ, प्रधानन्यायाधीशले गराउने सपथग्रहण अब शीतल निवासको साटो सर्वोच्चमै हुने (भिडियो)

काठमाडौं । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराले सर्वोच्च अदालतका दुई नवनियुक्त न्यायाधीशहरू नहकुल सुवेदी र कुमार चुँडाललाई पद तथा गोपनीयताको सपथ गराएका छन् ।

सर्वोच्च अदालतमा आयोजित एक समारोहमा दुवै न्यायाधीशले सपथ लिएका हुन् । सपथलगत्तै दुवै न्यायाधीशलाई आजैबाट इजलाससमेत तोएिको छ ।

न्यायाधीश नहकुल सेवेदी र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासमा कमलादेवी सिंखडाले नेपाल सरकारलाई वादी बनाइ दर्ता गरेको सन्जेश तामाङ बिरुद्धको कर्तव्य ज्यान मुद्धाको पुनरावेदन फिर्ता सम्वन्धमा सर्वोच्च अदातलमा सुनवाइ भइरहेको छ ।

त्यस्तै न्यायाधीश कुमार चुडाललाई न्यायाधीश प्रकाशमान सिंह राउत को संयुक्त इजलासमा ग्लोबल आईएमइ बैंकले डि.सि कन्ट्रयाक्टर एण्ड सप्लायर्स बिरुद्धको मुद्धामा अन्तरकालिन आदेशका सम्वन्धमा सर्वोच्चमा सुनवाइ भइरहेको छ ।

दुई न्यायाधीशलाई सर्वोच्चमै सपथ गराएसँगै प्रधान न्यायाधीशले राष्ट्रपति कार्यालयमा गएर गराउने सपथको परम्परा परिवर्तन गरेका छन् । राष्ट्रपतिको उपस्थितिमा गराउनुपर्ने बाहेकका सपथ अब प्रधानन्यायाधीशले सर्वोच्च अदालतमै गराउने भएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक अंगका पदाधिकारी, संवैधानिक आयोगका पदाधिकारी, राष्ट्र बैंकका संचालकलगायत अधिकांस पदाधिकारीलाई प्रधानन्यायाधीशले सपथ गराउने संवैधानिक व्यवस्था छ ।

ती सपथग्रहण समारोह राष्ट्रपति भवन शीतल निवासमा हुने गरेकामा अब राष्ट्रपतिकै उपस्थितिमा हुनुपर्ने बाहेक अन्य सपथग्रहण कार्यक्रम सर्वोच्चमै गर्न लागिएको सर्वोच्च स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर