मधेस आन्दोलनका अगुवा यादव रहेनन् – Nepal Press

मधेस आन्दोलनका अगुवा यादव रहेनन्

जनकपुरधाम । मधेस आन्दोलनका अगुवा सिरहाका कृष्णबहादुर यादवको निधन भएको छ ।

दुवै मिर्गौलामा समस्या देखिएर लामो समयदेखि थलिएका ५० वर्षीय यादवको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा गएराति निधन भएको हो ।

यादवको शव सिरहाको सुखिपुर नगरपालिका १ मोहनपुरस्थित घरमा ल्याएर आजै दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

२०६३ सालमा भएको मधेस आन्दोलनमा यादवले लहानको नेतृत्व सम्हालेका थिए । तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले काठमाडौंमा अन्तरिम संविधान जलाउँदा पक्राउ परेपछि रिहाइको माग गर्दै यादवको नेतृत्वमा लहानमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको थियो ।

यादव गणतन्त्रका प्रणेता स्व. रामराजाप्रसाद सिंहका राजनीतिक चेला थिए । सिंहले २०४२ सालमा तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहको हत्या गर्ने उद्देश्य सिंहदरबारमा बम विस्फोट गराएको घटनामा पनि यादव संलग्न थिए । विस्फोटको आरोपमा यादवले सेनाबाट यातना झेल्नुका साथै जेल जीवन बिताएका थिए ।

यादवको निधनप्रति मधेसका नेताहरूले दुःख जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर