नेपालपक्षीय सांसदलाई प्रश्न- नाम र चिन्ह दुरुपयोग गरेर अलग पार्टी किन खोलेको ? (पत्रसहित) – Nepal Press

नेपालपक्षीय सांसदलाई प्रश्न- नाम र चिन्ह दुरुपयोग गरेर अलग पार्टी किन खोलेको ? (पत्रसहित)

काठमाडौं । नेकपा (एमाले) ले नेता माधवकुमार नेपालपक्षीय संघीय २७ सांसदसहित ३२ जनालाई स्पष्टीकरण सोधेको छ ।

संघीय सांसदलाई पठाइएको तीन पाने स्पष्टीकरण पत्रमा एमालेको नाम र चिन्ह दुरुपयोग गरेर अलग पार्टीको अभ्यास गरेको भन्दै कारवाही किन नगर्ने भनेर सोधिएको छ।

पत्रमा भनिएको छ, ‘छुट्टै राजनीतिक दल गठन गरेकोमा कारवाही किन नगर्ने ? संसद सदस्यबाट किन नहटाउने ?’

कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ ।

पत्रमा सच्चिन अन्तिम मौका भएको भन्दै एमालेको पक्षमा आउने प्रमाण पेस गरेमा त्यसमा पुनर्विचार गर्न सकिने उल्लेख छ ।

हेर्नुहोस् स्पष्टीकरण पत्र:

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर