कोरोनाको त्रासले क्यान इन्फोटेक २०२१ स्थगित – Nepal Press

कोरोनाको त्रासले क्यान इन्फोटेक २०२१ स्थगित

काठमाडौं । क्यान इन्फोटेकको २७ औं संस्करण स्थगित  भएकाे छ ।

वैशाख २८ गतेदेखि जेठ २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न हुने भनिएको इन्फोटेक कोभिड १९ को दोश्रो लहरका कारण स्थगित भएको हो ।

काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरुमा व्यापकरुपमा फैलिएको कोभिड १९ को संक्रमणलाई ध्यानमा राख्दै मेला स्थगित गरिएको क्यानले जनाएको छ ।

संकट व्यवस्थापन केन्द्र ‘सीसीएमसी’ को सिफारिस तथा निर्णयहरु, कोभिड नियन्त्रण सम्बन्धी नेपाल सरकारका पछिल्ला निर्णयहरुलाई ध्यानमा राख्दै क्यान इन्फोटेक २०२१ का प्रायोजक, प्रदर्शनीकर्ता, सहयोगी तथा सरोकारवालाहरुसंगको परामर्श तथा क्यान महासंघको मिति २०७८ साल बैशाख ५ गते बसेको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार अर्को निर्णय नभए सम्मको लागि मेला स्थगित गरिएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर