काठमाडौंसहित पहाडी भू-भागमा वर्षा, तीन दिन सतर्क रहन आग्रह – Nepal Press

काठमाडौंसहित पहाडी भू-भागमा वर्षा, तीन दिन सतर्क रहन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकासहित देशको केही भूभागमा असिना सहित पानी परिरहेकाे छ ।

देशमा स्थानीय वायु र पश्चिमी न्यून चापीय रेखाको प्रभावले उपत्यकाको लगायतका क्षेत्रमा चट्याङसहित पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल प्रदेश १ र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागहरुको थोरै स्थानमा मेघगर्जन,चट्याङ, हावाहुरीसहित हल्का वर्षा भइरहेको वरिष्ठ मौसमविद् बरुण पौडेलले नेपालप्रेसलाई बताए ।

उनले भने,‘अहिले काठमाडौं उपत्यका लगायतका क्षेत्रमा ठूलो पानी त होइन हल्का पानी परिरहेको छ । तर चट्याङसहित कुनै ठाउँमा असिना परिरहेको छ ।

उनका अनुसार प्रि-मनसुन सक्रिय भएकाले अहिले हावाहुरीसहित पानी परिरहेको हो । प्रि मनसुनको समयमा बिहान घाम लाग्ने दिउँसो भएपछि हावाहुरी चल्ने, चट्याङ पर्ने र पानी पर्दछ । र विहान रोकिन्छ । प्रि-मनसुनको समयमा लगातार झरी पर्ने भने हुँदैन । जेठ/ असारदेखि मनसुन सक्रिय हुनुअघि प्रि-मनसुनको प्रकृया चल्ने मौसमविद्ले पौडेलले बताए ।

यो क्रम अझै दुईतीन दिनसम्म रहने भएकाले सचेत रहन उनले आग्रह गरे ।

अहिले विशेष गरी पहाडी भूभागको पोखरा, सुर्खेत, गोरखालगायतका क्षेत्रको आसपासमा मध्यम खालको वर्षा भइरहेको छ । तराईका जिल्लाहरुमा भने सामान्य हावाहुरी चलेपनि र ठूलो हावाहुरीको सम्भावना कमै रहेको उनको भनाइ छ ।

धेरै समयपछि उपत्यकालगायतका क्षेत्रमा वर्षा भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर