कोरोनापछि पहिलो पटक तीन नेपाली आरोहीले चढे अन्नपूर्ण – Nepal Press

कोरोनापछि पहिलो पटक तीन नेपाली आरोहीले चढे अन्नपूर्ण

काठमाडौं । वसन्त ऋतुको पहिलो हिमाल आरोहणमा अन्नपूर्ण हिमाल आरोहण गरिएको छ । पूर्णिमा श्रेष्ठको अगुवाइमा तीन जना नेपाली महिलाले कोरोनापछि पहिलो पटक अन्नपूर्ण हिमाल आरोहण गरेका छन् ।

अन्नपूर्ण १ ट्वीटरका अनुसार उनीहरुले हिजो विहीबार हिमाल आरोहण गरिसक्नु पर्नेमा एक दिन ढिला भएर शुक्रबार आरोहण पूरा गरेका हुन् ।

अहिले उनीहरु हिमालको चुचुरोबाट तल झरिरहेका छन् । यो वर्ष हिमाल आरोहण गर्नका लागि ४९२ जनाले अनुमती लिइसकेका छन् ।

त्समा सगरमाथाका लागि मात्र २९० जनाले अनुमती लिएका छन् । यसैगरी, हिमाल लोत्से, ५५ जना, धौलागिरी हिमाल ३० जना, होटल अन्नपूर्ण ४४ जना, आमादब्लम हिमाल २७ जना मनास्लु हिमाल १ जना, टुकुचे हिमाल १ जना, तिलिचो हिमाल ८ जना, पुमोरी हिमाल ५ जना, नुप्से हिमाल २३ जना हिमाल मकालु ८ जनाले यो वर्षका लागि अनुमती लिएका छन् ।

यसमा नेपाल सरकारले ४० करोड १६ लाख रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ । यसमा ३८८ जना पुरुष रहेका छन् भने १०४ जना महिला आरोही रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *