सरकारको नेतृत्व नै राष्ट्रहितविपरीतका गतिविधिमा : प्रचण्ड (भिडियो) – Nepal Press

सरकारको नेतृत्व नै राष्ट्रहितविपरीतका गतिविधिमा : प्रचण्ड (भिडियो)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गर्ने व्यक्तिबाटै राष्ट्रहितविपरीतका गतिविधिहरू भइरहेको आरोप लगाएका छन् । यसबाट नेपाल र नेपाली जनताको इज्जत प्रतिष्ठा तथा राष्ट्रिय स्वाधिनतामा प्रश्न उठेको उनको टिप्पणी छ ।

वागमती प्रदेशस्तरीय कराँते प्रतियोगिता उद्घाटन गर्दै प्रचण्डले भने, ‘देशमा तानाशाही र निरंकुश शक्ति पूरै परास्त भएका छैनन् । उनीहरूको नेपाल र नेपालीविरुद्ध षडयन्त्र चलि नै रहेको छ । हिजोआज समाचार हेर्नुभयो भने देशलाई बन्धकी राख्ने, राष्ट्रहितविपरीत गतिविधि गर्ने काममा स्वयम् सरकारको नेतृत्व गर्ने प्रमुख व्यक्तिहरू लागेका खबर आएका छन् । यसले नेपाली जनताको इज्जत, प्रतिष्ठा र आत्मसम्मान तथा राष्ट्रिय स्वाधिनतामाथि प्रश्नचिन्ह खडा गर्ने दुस्साहस भएको छ ।’

प्रचण्डले सचेत र स्वस्थ, बलिष्ठ नेपाली जनतालाई यी सबै षडयन्त्र स्वीकार्य नभएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर