ओलीलाई साथ दिएका माओवादी सांसद बोहोराको पद रिक्त गराउन प्रदेशसभामा पत्र – Nepal Press

ओलीलाई साथ दिएका माओवादी सांसद बोहोराको पद रिक्त गराउन प्रदेशसभामा पत्र

सुदूरपश्चिम । माओवादीबाट एमाले प्रवेश गरेका अछाम क्षेत्र नम्बर १ ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित झपट बोहरालाई कारबाही गरेको पत्र संसद् सचिवालयमा दर्ता भएको छ ।

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलले दल त्याग गरेको सूचना संसद् सचिवालयलाई दिएको हो ।

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि बोहराले माओवादी केन्द्रको प्रतिनिधित्व गर्नुपर्नेमा नेकपा एमालेको केन्द्रीय सदस्य भएको भन्दै २५ चैतमा स्पष्टीकरण सोधेको थियो । तर, बोहराले स्पष्टीकरणको अर्थ नभएको भन्दै जवाफ दिएनन् ।

बिहीबार दलका नेता त्रिलोचन भट्टले बोहरालाई माओवादी केन्द्रमा नरहेको भन्दै पत्र दर्ता गएको संसद् सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए । उनले कारबाहीको पत्र ५ बजे दर्ता भएको बताए।

शुक्रबार प्रदेश सभा बैठक आह्वान गरिएको छ । शुक्रबारको बैठकमा सचिवालयमा दर्ता भएको पत्रबारे जानकारी गराउने विषयमा सभामुख अर्जुनबहादुर थापासँग छलफल गर्न बाकी रहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर