सगरमाथा चढ्न लागेका ३ दिदीबहिनीलाई सञ्चारमन्त्रीले गरे विदाई – Nepal Press

सगरमाथा चढ्न लागेका ३ दिदीबहिनीलाई सञ्चारमन्त्रीले गरे विदाई

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हिमाल आरोहण टोलीलाई विदाई गरेका छन् ।

एकै परिवारका तीन दिदीबहिनी सम्मिलित ‘थ्रि सिष्टर अन सेभेन समिट अभियान’ टोलीलाई मन्त्रालयद्धारा बिहीबार आयोजित कार्यक्रममा मन्त्री गुरुङले नेपालको झण्डा हस्तान्तरण गरेर विदाई गरेका हुन् ।

दोलखास्थित गौरीशंकर गाउँपालिका–९ बेदीङका एउटै परिवारका तीन दिदीबहिनी ३० वर्षीया निमा जाङबु शेर्पा, २६ वर्षीया छिरिङ नाम्गे शेर्पा र २४ वर्षीया दावा फुटी शेर्पाले शुक्रबारदेखि सातै महादेशका अग्ला शिखर आरोहण गर्न सुरु गर्नेछन् ।

आरोहण दलका टोली नेता दावा फुुटीले ३ वर्षभित्रमा सातैवटा महादेशको अग्लो शिखर आरोहण गर्ने योजना रहेको जानकारी दिइन् ।
टोलीलाई विदाई गर्दै मन्त्री गुरुङले आरोहण सफल बनाउनका लागि सरकारले सक्दो सहयोग, समन्वय र साथ दिने प्रतिबद्धता व्यक्त गरे ।

एकै घरका तीन जना दिदीबहिनीले सगरमाथासहित सबै महादेशका अग्लो शिखर चुमेर विश्वमा नयाँ कीर्तिमान राख्ने योजना बनाएकोमा खुसी व्यक्त गर्दै उनले सो अभियानको पूर्ण सफलताको कामना समेत गरे ।

कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, कम उमेरमै विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखर चुम्न सफल तेम्बाछिरी शेर्पालगायतको उपस्थिति रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *