नयाँ वर्षमा दुई पाङ्ग्रे सवारी साधन किन्दै हुनुहुन्छ ? यस्ता छन् अफर – Nepal Press

नयाँ वर्षमा दुई पाङ्ग्रे सवारी साधन किन्दै हुनुहुन्छ ? यस्ता छन् अफर

काठमाडौं । नयाँ वर्ष २०७८ को अवसरमा दुईपाङ्ग्रे सवारीसाधन खरिद गर्ने ग्राहकहरुका लागि कम्पनीले विभिन्न अफरहरु अघि सारेका छन् । बाइक किन्दा कार उपाहार पाउनेदेखि २० लाखसम्म नगद पुरस्कारका अफर कम्पनीले ल्याएका छन् ।

लकडाउनपछि देशमा बाइक र स्कुटरको बिक्री ५० प्रतिशतसम्मले वृद्धि भएको थियो । सार्वजनिक यातायातमा यात्रा गर्दा कोरोना सर्ने डरले नै धेरैले बाइक र स्कुटरको खोजी गरेका थिए ।

अहिले पनि नेपालमा कोरोनाको संक्रमण वृद्धि भएको छ । नयाँ भेरियन्टको कोरोनाले गर्दा नेपालमा फेरि लकडाउन हुने हो कि भन्ने डरमा सर्वसाधारणहरु रहेका छन् । लकडाउनपछि कसरी व्यापार वृद्धि गर्ने भन्ने चिन्तामा रहेका अटोमोबाइल्स विक्रेताहरुलाई बाइक र स्कुटरको विक्रीले राहात प्रदान गरेको थियो ।

नयाँ वर्षमा के अफर ?

विभिन्न चाडपर्व तथा अन्य अवसर पारेर बाइक र स्कुटर बिक्रेता कम्पनीले ग्राहकलाई आकर्षण गर्न नगद छुट र स्त्र्mयाच कार्ड लगायतका अन्य अफरहरु ल्याउने गरेका छन् । नयाँ वर्ष २०७८ सालमा बाइक र स्कुटर विक्रेता कम्पनीले धमाधम नयाँ योजना सार्वजनिक गरिरहेका छन् । कम्पनीले ग्राहक आकर्षण गर्न १० लाखदेखि कार उपहारसम्मका योजनाहरु सार्वजनिक गरेका छन् ।

रनर मोटरसाईकल किन्दा २१ हजार नगद छुट

बंगलादेशमा उत्पादन हुने रनर मोटरसाईकलमा नेपाली नयाँ वर्षलाई लक्षित गरी ‘नयाँ वर्ष नयाँ डिस्काउन्ट अफर’ ल्याइएको छ । रमण मोटर्सले प्रत्येक रनर मोटरसाइकलको खरिदमा नगद २१ हजार छुट दिने घाषणा गरेको छ ।

रनर बाइक किन्नेले मोटरसाईकलको खरिदमा २० फ्रि सर्भिसिङका साथै सर्वाधिक ६ वर्षसम्मको वारेन्टी पनि पाउने छन् । पुरानो मोटरसाइकलको एक्स्चेन्ज गर्दा ३० हजार रुपैयाँ कम्पनीले मूल्याङ्कन गर्ने छ ।

रनर मोटरसाइकल नेपालमा बिक्री हुने सस्तो मोटरसाइकलमा पर्छ । रमणले १ लाख १० हजारमा ८० सीसीको देखी २०० सीसीसम्मका प्रिमियम मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आइरहेको छ ।

हिरोको बाइक र स्कुटर खरिदमा १ लाखसम्म नगद

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ प्रालीले ‘यो नयाँ बर्ष हिरोको साथ खाली हुन्न हात’ भन्ने योजना ल्याएको छ ।’ हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले हिरोको नयाँ वर्ष अफर अन्तरगत स्क्र्याच कार्डमार्फत १० हजार रुपैयाँसम्म पक्का डिस्काउन्ट र बम्पर उपहारमा १ लाख रुपैयाँ नगद पाउने छन् ।

यामाहाका भाग्यशाली विजेताले २० लाख पाउने

यामाहा बाइकले नयाँ वर्षलाई लक्षित गरी प्रवद्र्धनात्मक ‘फ्रिडम इनिसिएटेड नयाँ वर्ष २०७८ योजना’ अघि ल्याएको छ । सो योजना अन्तर्गत प्रत्येक महिनाको भाग्यशाली बिजेताले बम्पर पुरस्कार २० लाख ७८ हजार रुपैयाँ पाउने भएका छन् ।

साथै स्क्य्राच कार्डमार्फत २ लाख ७ हजार रुपैयाँसम्मको उपहार राखेर ग्राहकलाई आकर्षण गरेको छ । यामाहाको मोटर साइकल तथा स्कूटरहरुमा शुन्य प्रतिशत ब्याज वा न्यून डाउनपेमेन्ट सुविधाका दिने गरिएको छ ।

सुजुकीको ‘नयाँ वर्ष बिग हर्ष’

सुजुकी मोटरसाइकल तथा स्कुटरको बिक्रेता भीजी अटोमोबाइल्सले ‘नयाँ वर्ष बिग हर्ष’ योजना ल्याएको छ । ग्राहकले सुजुकीको बाइक र स्कुटर एक्स्चेञ्ज र नयाँ खरिदमा फाइनान्सको पनि सुविधा पाउनेछन् ।

टीभीएसमा कार जित्न सकिने

टिभिएसले नयाँ वर्षका लागि ग्राहक आकर्षण गर्न ‘वा, वाह्, वाहह्’ योजना ल्याएको छ । टिभिएसको बाइक र स्कुटर किन्दा १० हजारसम्म पक्का डिस्काउन्टको साथै शून्य प्रतिशत ब्याजदरको व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ । टिभिएसका ग्राहकमध्ये १ जना भाग्यशाली ग्राहकले नयाँ आरआर ३१० उपहार पाउने कम्पनीले बताएको छ ।

बजाजको बाइकमा १० लाख उपहार

नयाँ वर्षमा बजाजको बाइक खरिद गर्दा ग्राहकले १० लाखसम्म जित्त सक्ने कम्पनीले बताएको छ । बजाज बाइकको आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले नयाँ वर्ष बजाज बाइक खरिद कर्ताका लागि शून्य व्याजदरको अफर समेत ल्याएको छ ।

भीआर बाइक किन्दा १५ हजार छुट

नयाँ वर्षको अफर अन्तरगत भीआरको बाइक किन्दा १५ हजार छुट पाइने भएको छ । भिआरको आधिकारिक विक्रेता इग्निुन अटोले नयाँ वर्ष अफर सार्वजनिक गर्दै सो छुट दिने भएको हो । कम्पनीले एक्सचेन्ज अफरसमेत ल्याएको छ । भीआर बाइकको विक्रेता कम्पनीले ‘हर्षको वर्ष’ नामक नयाँ वर्ष अफर सार्वजनिक गरेको छ ।

‘हर्षको वर्ष’ योजना अन्तरगत बाइक किन्ने ग्राहकले पार्ट्समा १० प्रतिशत छुट, डर्ट हेलमेट, लेग गार्ड, बाइक कभर, टी सर्ट र एक वर्षको सडक दस्तुर निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर