रुसी दूतावासद्वारा सगरमाथा आरोही टोलीलाई झण्डा हस्तान्तरण


काठमाडौं । नेपालका लागि रुसी राजदूत एए नोभिकोवले सगरमाथा आरोहणका लागि काठमाडौं आइपुगेको रुसी आरोहण टोलीका सदस्यहरुलाई सफलताको कामना व्यक्त गरेका छन् ।
काठमाडौंस्थित रुसी दूतावासमा ती आरोहीका लागि एउटा भोजको आयोजना गरिएको थियो । सगरमाथा र ल्होत्से हिमालहरुको आरोहण गर्ने भनिएको उक्त टोलीमा बेलारुस, किर्गिस्तान, उज्वेकिस्तान र इजरायली प्रतिनिधि सहभागि थिए ।
राजदूत नोभिकोव, पत्नी आलिना बारिसोभ्ना र रुसी हाउसकी निर्देशक युलिया आन्द्रोसेभाले शुभकामना दिए । राजदूतले सो अवसरमा आरोही टोलीलाई दूतावासका तर्फबाट रुसी राष्ट्रिय झण्डा, रुसी विदेश मन्त्रालयको पेनमेन्ट प्रतीक प्रदान गरे ।
ती सामाग्रीलाई सर्वोच्च शिखरमा फहराइने भएको छ । उक्त आरोही टोलीको नामचाहिँ ‘८ सर्वोच्च शिखरहरु’ राखिएको छ ।