अमेरिकी विदेशमन्त्रीद्वारा नेपाली नयाँवर्षको शुभकामना सन्देश : स्वास्थ्य, समृद्धि र शान्तिको कामना – Nepal Press

अमेरिकी विदेशमन्त्रीद्वारा नेपाली नयाँवर्षको शुभकामना सन्देश : स्वास्थ्य, समृद्धि र शान्तिको कामना

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले पनि नेपाली नयाँवर्ष २०७८ को अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् ।

माइक्रोब्लगिङ साइट ट्वीटरमार्फत अमेरिकी कुटनीतिज्ञले नेपालीसहितका अन्य मुलुकको नयाँवर्षको सन्देश व्यक्त गरेका हुन् ।

राष्ट्रपति जो बाइडेनले पनि बुधबार नेपाली नयाँवर्षको अवसरमा शुभकामना सन्देश व्यक्त गरेका थिए । अमेरिकी विदेशमन्त्रीले सन्देशमा नेपालीको स्वास्थ्य र शान्तिको कामना गरेका छन् ।

सन्देशमा बंगलादेश, बर्मा, कम्बोडिया, भारत, लाओस्, श्रीलंका र थाइल्यान्डको पनि नयाँवर्षको कामना व्यक्त गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर