टेम्पो दुर्घटनामा एकको मृत्यु, चार यात्रु घाइते – Nepal Press

टेम्पो दुर्घटनामा एकको मृत्यु, चार यात्रु घाइते

रुपन्देही । गुल्मीको सत्यवती गाउँपालिका-३ ठूलोलुम्पेकमा टेम्पो दुर्घटनामा एकजनाको मृत्यु भएको छ । चारजना गम्भीर घाइते भएका छन् ।

मन्दिर दर्शन गरेर फर्कँदै गर्दा ठुलोलुम्पेकमा दिउँसो २ बजे लु. २ स ००९९ नम्बरको टेम्पो दुर्घटना हुँदा स्थानीय २८ वर्षीया तारा राहदीको मृत्यु भएको वडाध्यक्ष रुकबहादुर रानाले जानकारी दिए ।

दुर्घटनापछि टेम्पो चालक भने फरार छन् । दुर्घटनामा एक बच्चासहित चारजना गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि पाल्पाको मिसन अस्पताल पठाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *