११ देशमा नयाँ राजदूत नियुक्ति गर्ने तयारी, क-कसको कार्यकाल सकियो ? – Nepal Press

११ देशमा नयाँ राजदूत नियुक्ति गर्ने तयारी, क-कसको कार्यकाल सकियो ?

काठमाडौं । सरकारले रिक्त ११ विदेशस्थित मिसनमा कुटनीतिज्ञ नियुक्त गर्ने योजना बनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार ५ देशमा लामो समयदेखि राजदूत पद रिक्त छ भने ६ मुलुकका दूतको कार्यकाल सकिँदैछ ।

इजिप्ट, श्रीलंका, दक्षिण कोरिया, अष्ट्रिया र रुसमा राजदूत पद रिक्त छ । जापान (प्रतिभा राणा), म्यानमार (भीमकुमार उदास), बहराइन (पदम सुन्दास), ओमान (शर्मिला पराजुली ढकाल), साउदी अरेबिया (महेन्द्रसिंह राजपूत), डेनमार्क (युवनाथ लम्साल)का राजदूतको कार्यकाल सकिँदैछ । ब्राजिलका राजदूतलाई कार्यकाल सकिएपनि फिर्ता बोलाइएको छैन ।

राजदूतको कार्यकाल सकिनुभन्दा तीन महिनाअघि नै परराष्ट्रले फिर्ता हुने मिति लगायतका विषय तोकेर पत्र पठाउने गर्छ । नयाँ राजदूत नियुक्तीका लागि परराष्ट्रले ‘राजदूत तथा स्थायी नियोगका प्रतिनिधि नियुक्तीसम्बन्धी निर्देशिका -२०७५ तयार पारेको थियो ।

उक्त निर्देशिका अनुसार नयाँ नियुक्तिका लागि कार्यकाल सकिनु तीन महिनाअघि नै गृहकार्य थाल्नुपर्छ । राजदूत नियुक्तिमा ५० प्रतिशत परराष्ट्र सेवा र ५० प्रतिशत राजनीतिक कोटाबाट राजदूत नियुक्त गर्दै आइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर