भारतमा आज १ लाख ८४ हजार संक्रमित थपिए, मुम्बईमा दुई साता लामो लकडाउन घोषणा – Nepal Press

भारतमा आज १ लाख ८४ हजार संक्रमित थपिए, मुम्बईमा दुई साता लामो लकडाउन घोषणा

मुम्बई । भाइरस संक्रमण ब्यापकरुपमा फैलिएपछि बुधबारदेखि भारतको महाराष्ट्र राज्यमा दुई साताका लागि लकडाउन घोषणा गरिएको छ ।

मंगलबार भिडियो सम्बोधन गर्दै मुख्यमन्त्री उद्धव ठाकरेले बुधबार साँझदेखि १५ दिनका लागि राज्यभर कडा लकडाउन गर्ने घोषणा गरेका हुन् । कोरोनाभाइरस नियन्त्रणका लागि गठित कार्यदलसँगको छलफलपछि ठाकरेले लकडाउन घोषणा गरेका हुन् ।

भारतमा बुधबार १ लाख ८४ हजार संक्रमित थपिएका छन् । भारतको कूल संक्रमित संख्या १ करोड ३८ लाख पुगेको छ । २४ घण्टामा १,०२७ जनाको मृत्यु भएको छ ।

भारतले अमेरिकी खोपहरु फाइजर र जोन्सन एन्ड जोन्सनलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर