गुल्मीमा पौडी खेल्दा डुबेर दुई बालकको मृत्यु – Nepal Press

गुल्मीमा पौडी खेल्दा डुबेर दुई बालकको मृत्यु

रुपन्देही । पौडी खेल्ने क्रममा डुबेर गुल्मीमा दुई जना बालकको मृत्यु भएको छ ।

गुल्मीको मदाने गाउँपालिका- १ अग्लुङ बस्ने सञ्जिव विकको ५ वर्षीय छोरा सुमन बिक र प्युठानको गौमुखी गाउँपालिका- ५ बस्ने विष्णु बिकको छोरा ८ वर्षीय गोविन्द विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मदाने गाउँपालिका- ३ सिर्सेनीस्थित पनाहा खोलामा पौडी खेल्ने क्रममा बेहोस् अवस्थामा देखेपछि स्थानीयले पुर्कोट स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका गुल्मीका सूचना अधिकारी पुरुषोत्तमप्रसाद पाण्डेले नेपाल प्रेसलाई जानकारी दिए ।

अहिले शवलाई पोष्टमाटमको लागि सदरमुकाम तम्घास ल्याउन लागिएको र घटनाबारे थप अनुसन्धान भइरहेको पाण्डेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर