रुपन्देहीमा घनश्याम भुसालले बनाए समानान्तर कमिटी – Nepal Press

रुपन्देहीमा घनश्याम भुसालले बनाए समानान्तर कमिटी

रुपन्देही । नेकपा एमालेका नेता घनश्याम भुसालले आफ्नो गृहजिल्ला रुपन्देहीमा माधव नेपाल समूहको समानान्तर कमिटी गठन गरेका छन् । पार्टी नेताहरु युवराज ज्ञवाली र घनश्याम भुसालको उपस्थितिमा युवा नेता राजु गुरुङ अध्यक्ष रहेको जिल्ला कमिटी घोषणा गरिएको छ ।

२ सय ५ सदस्यीय समानान्तर कमिटिको उपाध्यक्षमा पुरूषोत्तम घिमिरे, सचिवमा जागेश्वरीदेवी चौधरी र उपसचिवमा सिद्धिचरण भट्टराईलाई जिम्मेवारी तोकिएको छ । घिमिरे र चौधरी एमाले माओवादी केन्द्रबीच एकता नहुँदै सोही जिम्मेवारीमा रहेका थिए ।

गुरुङ युवासंघका पूर्व केन्द्रीय उपाध्यक्ष हुन् । सचिव चौधरी तिलोत्तमा नगरपालिकाकी उपमेयर हुन् । जिल्ला कमिटीको विस्तारित बैठकमार्फत एमाले रूपन्देही पुनर्गठन गरिएको अध्यक्ष गुरूङले बताए ।

देशैभर एमालेमा विवाद चुलिदै गएपछि नेपाल पक्षले समानान्तर कमिटी घोषणा गर्दै अघि बढेको छ । यसअघि नेपाल पक्षले लुम्बिनी प्रदेशमा अर्घाखाँची, नवलपरासी र बांकेमा पनि समानान्तर कमिटी गठन गरेको छ । अर्घाखाँचीमा समानान्तर कमिटी गठन गरेकालाई एमालेले कारबाही गरेको जनाएको छ ।

समानान्तर कमिटीमा रहेका नेताहरुलाई अध्यक्ष केपी ओली पक्षले कारबाही गर्दै आएको छ । रुपन्देहीका ओली पक्षका शिव सुवेदी जिल्ला अध्यक्ष छन् । सुवेदी बुटवल उपमहानगरका मेयर हुन् । एमाले लुम्बिनी प्रदेशका अध्यक्ष लिला गिरीले पार्टी हित विपरीत काम गर्नेलाई तत्काल कारबाही गर्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर