नक्कली बैना कागज तयार गरी नगद ५० लाख रुपैयाँ ठगी गर्ने पक्राउ

२०७७ चैत ३१ गते १३:०४

काठमाडौं । क्कली बैना कागज तयार गरी नगद ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका ५ घर भएका ४५ वर्षीय शकुल शाही ठकुरी रहेका छन् ।
ठकुरीले नागार्जुन नगरपालिका ६ स्थित रहेको जग्गा बैना गरेको भनी प्रतिआना १८ लाख रुपैयाँ कायम गरी नक्कली बैना कागज बनाई पीडितको उक्त नगद ठगी गरेका थिए ।
महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई स्वयम्भूबाट फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर