सांसद मेटमणि चौधरीको माग- पाठ्यपुस्तक अभाव घटाउन दाङमा जनक शिक्षा डिपो राखौं – Nepal Press

सांसद मेटमणि चौधरीको माग- पाठ्यपुस्तक अभाव घटाउन दाङमा जनक शिक्षा डिपो राखौं

काठमाडौं । नेकपा (एमाले) का सांसद मेटमणि चौधरीले साविकको राप्ती क्षेत्रमा पाठ्यपुस्तकको अभाव हुने गरेको भन्दै दाङमा जनक शिक्षा सामग्री केन्द्रको डिपो राख्न माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद चौधरीले दाङ, रोल्पा, प्युठान, रुकुमपूर्व, रुकुमपश्चिमका सरकारी विद्यालयहरुमा शैक्षिक सत्रको शुरूआतदेखि नै पाठ्यपुस्तकको अभाव हुने गरेको बताए । दाङमा जनक शिक्षा सामाग्री केन्द्रको डिपो स्थापना गरे त्यो अभाव हट्ने सांसद चौधरीको भनाइ छ।

भूमि समस्या महिचान गर्नुपर्ने

नेपाली समाजको समस्याग्रस्त क्षेत्रहरु मध्येको एक भूमि भएको भन्दै उनले त्यसको पहिचान गर्नुपर्ने बताए। ‘नेपाल सरकारले उच्चस्तरीय भूमि आयोगमार्फत भूमि सम्बन्धी समस्या समाधन गर्ने प्रयास गरेको देखिन्छ,’ उनले भने, ‘ यो भन्दा पनि समस्याग्रस्त अरु पनि छ भन्ने बुझ्न जरुरी छ । किसानहरुले जोत भोग गरेको जमीन हड्पने जीमनको मालिक भए ।’

सम्बन्धित मन्त्रालयबाट मात्रै भूमि समस्या समाधान नुहने भन्दै समस्याग्रस्त जिल्लाका सांसदहरूको सहभागितामा एक संसदीय समिति बनाउनु पर्ने माग चौधरीको छ ।

उनले भने, ‘२०५२ सालमा लालपुर्जा प्राप्त गरेका तर लालपुर्जाको रेकर्ड, मालपोत कार्यालयमा कायम नभएको र नापी कार्यालयमा पनि कित्ताकाट नभएको जमिन पनि प्रशस्त छ । भूमि समस्या समाधानका लागि समस्यालाई पहिचान गरौँ ।’

‘यी सबै समस्या समाधान गर्न सम्बन्धित मन्त्रालयबाट मात्रै समाधान हुने छाँटकाट नदेखिएकोले समस्याग्रस्त जिल्लाका सांसदहरुको सहभागितामा एक संसदीय समिति बनाएर अघि बढेमा दशकौंदेखिको भूमि समस्यालाई समाधान गर्न सक्छौँ,’ चौधरीको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर