यस वर्षकाे मानव अधिकार सम्मान डा. हरिहर वस्तीलाई – Nepal Press

यस वर्षकाे मानव अधिकार सम्मान डा. हरिहर वस्तीलाई

काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगले हरेक वर्ष प्रदान गर्दै आएको “स्वर्गीय दयाराम परियार स्मृति मानव अधिकार सम्मान” यस वर्ष फरेन्सिक विज्ञ डा. हरिहर वस्तीलाई दिने भएको छ । आयोगको आज बसेको वैठकले वस्तीले आयोगको शवोत्खनन् लगायत मानव अधिकारका दर्जनौँ अनुसन्धान कार्यमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मान गर्ने निर्णय गरेको जनाएको हो ।

सम्मानित हुने वस्तीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा लामो समय फरेन्सिक विज्ञको रुपमा रही मानव अधिकारको संरक्षणमा योगदान पु¥याउँदै आएका थिए । सशस्त्र द्वन्द्वकालीन घटनाको अनुसन्धानमा संलग्न रही मानव अधिकारको क्षेत्रमा उनले पुर्याएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा समेत मानव अधिकारको क्षेत्रमा थप योगदान पुर्याउने आयोगले अपेक्षा गरेको आयोगका प्रवक्ता समेत रहका सहसचिव डा. टिकाराम पोखरेलले एक विज्ञप्तीमार्फत जानकारी गराएका छन् । आयोगले विज्ञप्तीमार्फत नै सम्मानित भएका वस्तीलाई वधाई तथा शुभकामना पनि व्यक्त गरेको छ ।

आयोगले गत वर्षको मानव अधिकार सम्मान महिला मानव अधिकार रक्षक सञ्जाल ओरेक नेपालका संस्थापक तथा लैङ्गिक समानता, लैङ्गिक न्याय र महिला हिंसाको न्यूनीकरणको अभियानमा क्रियाशील अधिकारकर्मी डा. रेणु अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर