पदकमा पुरानै नक्सा प्रयोगप्रति कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ – Nepal Press

पदकमा पुरानै नक्सा प्रयोगप्रति कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदबाट पारित नेपालको नक्सा कार्यान्वयन नगरेकोप्रति सरकारको आलोचना गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै कांग्रेस सचेतक पुष्पा भुसालले विभूषण वितरणका क्रममा नेपालको वास्तविक नक्सा प्रयोग नगरिनु सरकारको गम्भीर भूल भएको बताइन् ।

‘संसदले पारित गरेको वास्तविक नक्सा किन प्रयोग गरिएन । राष्ट्रियता देखाउने, चुच्चे नक्सा हराउने ? प्रधानमन्त्रीजीले यो संसदमा आएर जवाफ दिनुपर्‍यो’,उनले भनिन् ।

सरकारले संसदमा कुनैपनि प्रस्ताव ल्याउन नसक्ने तर बाहिर-बाहिर चर्को कुरा गर्ने गरेको भुसालको आरोप थियो ।

‘बाहिर राष्ट्रियता र विकासको कुरा गर्ने तर संसदमा कुनै प्रस्ताव नल्याउने । एमसीसीलाई संसदीय प्रक्रियाबाट अगाडि बढाउन सरकारलाई कसले रोक्यो ?’,भुसालले प्रश्न गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *