‘नाइँ नभन्नू ल ६’ सुटिङ पोस्टपोन्ड, कोरोना साम्य भए भदौदेखि छायांकन – Nepal Press

‘नाइँ नभन्नू ल ६’ सुटिङ पोस्टपोन्ड, कोरोना साम्य भए भदौदेखि छायांकन

काठमाडौं । कोरोनाको नयाँ प्रजाति संक्रमणको जोखिमको कारण फिल्म प्रदर्शन मात्र हैन, छायांकन समेत प्रभावित हुन थालेका छन् ।

सरकारले फिल्म लगायतका भीडभाड हुने गतिविधि तत्काललाई रोक्न आग्रह गरेपछि सुटिङमा जान तम्तयार निर्माताहरु रोकिएका हुन् । यस्तो मनस्थितीमा हिट फिल्मका सिक्वेल समेत छन् ।

बैशाख पहिलो सातादेखि छायांकनमा जाने तयारीमा रहेको फिल्म ‘नाइँ नभन्नू ल ६’को छायांकन तालिका प्रभावित बनेको छ । नेपाल प्रेससँग कुरा गर्दै निर्माता एवं निर्देशक विकास आचार्यले छायांकन पोस्टपोन्ड भएको जानकारी दिए ।

उनका अनुसार भदौदेखि छायांकन सुरु हुनेछ । ‘हामी बैशाखदेखि फ्लोरमा जाने तयारीमा थियौं र यसका लागि कास्टिङ लगायतका काम पनि हुँदै थिए’ आचार्यले भने, ‘अब भने कोरोना ठीकठाक भए भदौदेखि फ्लोरमा जाने योजना छ ।’

आचार्यले फिल्मका मुख्य कलाकारको कास्टिङ गर्दै थिए भने, अन्य तयारी समेत हुँदै थियो । नेपाली बक्सअफिसमा हिट मानिने नाइँ नभन्नू लको छैठौं सिक्वेल प्रतीक्षित थियो ।

कोरोनाको दोस्रो लहरको त्रासले सुटिङमा जाने तयारीमा रहेको फिल्म ‘कबड्डी ४’लाई समेत प्रभावित तुल्याएको छ । निर्माता मणिराम पोखरेलले अवस्था हेरेर बैशाख पहिलो सातादेखि सुटिङमा जाने योजना कायमै रहेको बताए ।

उनले सुटिङमा जानुअघि सबै कास्ट एन्ड क्रिउको पीसीआर परीक्षण गर्ने योजना रहेको र कोरोनाको दोस्रो लहर त्रासले अन्यौल भएपनि योजना परिवर्तन नभएको जनाए । दोस्रो वेभले अन्य थुपै्र फिल्म प्रोजेक्टलाई प्रभावित तुल्याएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *