बुटवलमा एकैदिन २ कोरोना संक्रमितकाे मृत्यु – Nepal Press

बुटवलमा एकैदिन २ कोरोना संक्रमितकाे मृत्यु

रूपन्देही । रुपन्देहीको बुटवलमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलको अस्थायी कोरोना विषेष अस्पतालमा प्युठान स्वर्गद्वारी-९ का पुरुष र रुपन्देही तिलोत्तमाकी महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४३ वर्षीय पुरुष र ७१ वर्षीया महिला रहेको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले बताए ।

चैत १० गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि अस्पताल भर्ना गरिएको प्युठानका संक्रमितको सोमबार विहान ५ बजे र चैत २३ गते भर्ना भएकी महिलाको सोमबार बिहान ७ बजेर २३ मिनेटमा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर