आफ्नै प्रशंसामा कोमल वली, भन्छिन्- वाह ! कोमल तिमी कति राम्री छौ ! – Nepal Press

आफ्नै प्रशंसामा कोमल वली, भन्छिन्- वाह ! कोमल तिमी कति राम्री छौ !

काठमाडौं । कोमल वली पछिल्लो समय गायिकाभन्दा पनि नेतृको रुपमा चर्चित छिन् । उनको सौन्दर्यको प्रशसा पनि हुनेगर्छ । तर, यसपटक भने उनी आफैले आफ्नो सौन्दर्यको प्रशंसा गरिन् ।

राजधानीको जमलस्थित सिल्क फेसनको वार्षिकोत्सव समारोहमा कोमल मुख्य अतिथि थिइन् । कार्यक्रममा बोल्दै उनले आफू राम्रो लाग्ने बताइन् ।

‘मैले आफूलाई निकै राम्री देख्छु । बिहानै ऐना हेरेर मुसुक्क हाँस्छु । वाह ! कोमल वली तिमी कति राम्री छौ भन्छुु’ उनी भन्छिन्, ‘ उनले थपिन्, ‘आफैले आफैलाई प्रेम गरेन भने अरुलाई पनि प्रेम दिन सकिदैन । आँखाहरुलाई इर्ष्यालु नबनाउन आफैलाई हेरेर दंग पर्नुपर्छ।

नेपाली डिजाइनरका कस्ट्युम विकसित देशमा महिला तथा पुरुषहरुले लगाउन थालेको भन्दै ओलीले महिला उद्यमीहरुको सहभागिता र प्रयासले उक्त कुरा सम्भव रहेको बताइन् । ‘अहिले महिलाहरुको सहभागितामा विदेशमा नेपालमा गरिएका डिजाइनका कस्ट्युम निर्यात भईरहेको छ । यो उर्जाशिल कुरा हो र राष्ट्र निर्माणमा ठूलो योगदान हो ।’

‘म हरेक महिला उद्यमीको साथमा छु । केहि पर्‍यो भने सीधै भन्नुहोला, म तपाईँकै प्रतिनिधी हुँ’ उनले भनिन् ।

कार्यक्रममा सिल्क फेसनकी संचालक श्रृजना पोखरेलले विगत सात बर्षदेखी आफ्नो डिजाईनका कस्ट्युम ग्राहकले मन पराएको बताइन् । उनको फेसन हाउसले अब भने पुरुषको कस्ट्युम डिजाइन समेत गर्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *