प्रदेश २ का प्रमुख अहिराजले नुवाकोट पुगेर गरे जिपलाइन – Nepal Press

प्रदेश २ का प्रमुख अहिराजले नुवाकोट पुगेर गरे जिपलाइन

काठमाडौं । प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराजले नुवाकोटमा पुगेर जिपलाइन गरेका छन् ।

डोरीमा झन्डिएर चिप्लेटी खेलिने खेल जिपलाइन गर्न अहिराज नुवाकोट दरबार नजिकै रहेको जिपलाइन स्टेशन पुगेका थिए ।

शनिबार अपरान्ह जिप लाइन गरेका अहिराजले जिपलाइन रोचक भएको प्रतिकृया दिएको जिपलाइन स्थलमै भएकी पत्रकार रिना खनालले बताइन् ।

खनालका अनुसार मनाङ, पोखरा, गोर्खा हुँदै नुवाकोट आएका अहिराजले जिपलाइनका अतिरिक्त नुवाकोट दरबारको अवलोकन देखि देवीभैरवी मन्दिरको दर्शन समेत गरेका थिए । अहिराजले नुवाकोटमा आन्तरिक र बाह्य पर्यटक ल्याउन जिपलाइन सेवा प्रभावकारी हुने बताएको खनालले जानकारी दिइन् ।

१३ सय मिटर लामो नुवाकोटको जिपलाइनको टप स्पिड १२० किलोमिटर प्रतिघण्टाको हुने संचालकहरु बताउँछन् ।

दरबार एडभेन्चर जिपलाइन रिसोर्टले संचालन गरेको जिपलाइन नुवाकोटको प्रसिद्ध गन्तव्य बनेको छ । नुवाकोटको विदुर नगरपालीका २ मा रहेको जिपलाइन व्यवसायिक रुपमा २०७६ पुष १६ बाट संचालनमा आएको हो ।

पछिल्लो समयमा नेपालमा जिपलाइन धेरै लोकप्रिय भएको छ । पोखरामा हाइ ग्राउन्ड एडभेन्चरले संचालन गरेको विश्वकै भिरालो १८ सय लामो जिपलाइन नेपालको सबैभन्दा लोकप्रिय जिपलाइन हो ।

अहिले प्रदेश १ मै मात्रै चार स्थानमा जिपलाइन संचालनमा छन् । धरान, भेडेटार, इटहरी देखि झापामा पनि जिपलाइन सेवाहरु संचालनमा आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर