भारतमा आइतबार १ लाख ५२ हजार संक्रमित, दिल्लीका शिक्षण संस्था अनिश्चितकालको लागि बन्द – Nepal Press

भारतमा आइतबार १ लाख ५२ हजार संक्रमित, दिल्लीका शिक्षण संस्था अनिश्चितकालको लागि बन्द

दिल्ली । भारतमा आइतबार १ लाख ५२ हजार ८७९ कोरोना संक्रमित थपिएका छन् । भारतमा सक्रिय संक्रमित संख्या ११ लाख नाघेको छ ।

सोही अवधीमा ८३९ जनाको मृत्यु भएको छ । कूल संक्रमित संख्या १ करोड ३३ लाख पुगेको छ ।

१ लाख ६९ हजार जनाको मृत्यु भएको छ ।

संक्रमण ह्वात्तै बढेपछि भारतको राजधानी दिल्लीका शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द भएका छन् । मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीको संक्रमित अवस्थालाई निकै गम्भिर भएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर