कांग्रेस पदाधिकारी बैठक बस्दै – Nepal Press

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । आफ्नै नेतृत्वमा सरकार बनाउन पहल थालेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज आन्तरिक छलफल गर्ने भएका छन् ।

सभापति देउवाले पार्टीका पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बैठक बोलाएका छन् ।

दुई बजेपछि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा माओवादी केन्द्र र जसपासंग भएको छलफलबारे सभापति देउवाले बिफ्रिङ गर्ने कार्यक्रम गरेको छ ।

त्यस्तै बैठकमा मुख्यतः पार्टीको १४ औं महाधिवेशनबारे छलफल हुने बताइएको छ । केन्द्रीय निर्वाचन समितिको संयोजक चयन, क्रियाशील सदस्यता विवाद रहेका जिल्लाहरुको समस्या समाधान र हालसम्मको प्रगतिबारे बैठकमा छलफल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर