आइतबार सुन तोलामा चार सयले घट्यो – Nepal Press

आइतबार सुन तोलामा चार सयले घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ । केहीँ दिनदेखि बढिरहेको सुनको मूल्य आज भने तोलामा ४०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावल सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँ कायम थियो ।

आज तेजावी सुन प्रतितोला ८९ हजार ५० रुपैयाँ कायम भएको छ । यसैगरी चाँदी आज १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर