नेपाल उद्योग वाणिज्य महासंघको भिजन पेपर : १ सय खर्बको अर्थतन्त्र बनाउने लक्ष्य – Nepal Press

नेपाल उद्योग वाणिज्य महासंघको भिजन पेपर : १ सय खर्बको अर्थतन्त्र बनाउने लक्ष्य

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भिजन पेपर सार्वनिक गर्दै १ सय खर्बको अर्थतन्त्र बनाउने लक्ष्य राखेको छ ।

महासंघको ५५औं वार्षिक साधारण सभाले भिजन पेपर सार्वजनिक गर्दै १० वर्षमा देशको अर्थतन्त्र १ सय खर्ब बनाउने लक्ष्य प्रस्तुत गरेको हो । २०३० सम्ममा कृषि क्षेत्र, उद्योग, उत्पादन तथा सेवा क्षेत्रलाई आवश्यकता पूरा गर्नेछ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भिजन पेपर सार्वजनिक गर्दै १ सय खर्बको अर्थतन्त्र बनाउन १ सय ५० अर्ब लगानी हुने बताए ।

सन् २०३० सम्म दीगो आर्थिक विकासको लक्ष्य पूरा गर्न सरकारले अगाडि सारेका लक्ष्यलाई पूरा गर्न महासंघको भिजन पेपरले पनि सहयोग पुर्‍याउने छ । सरकार व्यापार घाटा घटाउन, निर्यात प्रवद्र्धन गर्न स्वदेशी उद्योगको प्रवद्र्धनमा केन्द्रीत छ । सरकार र निजी क्षेत्रको सहयोगविना यो सम्भव छैन ।

भिजन पेपरका अनुसार १० वर्षमा २२ लाखले रोजगारी पाउने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर