बेलायती प्रिन्सको निधनमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त – Nepal Press

बेलायती प्रिन्सको निधनमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका राजकुमार फिलिपको निधनप्रति शोक व्यक्त गरेका छन् ।

बेलायती महारानी एलिजाबेथ द्धितियलाई समवेदना सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले फिलिपको निधनबाट नेपालले असल मित्र गुमाएको उल्लेख गरेकी छिन् ।

प्रधानमन्त्री ओलीले पनि बेलायती समकक्षी बोरिस जोन्सनलाई समवेदन सन्देश पठाउँदै फिलिपको निधनप्रति दुःख व्यक्त गरेका छन् । मानवताप्रति फिलिपको योगदानलाई आगामी पुस्ताले स्मरण गर्ने प्रधानमन्त्रीले समवेदना पत्रमा उल्लेख गरेका छन् ।

मुटुमा समस्या देखिएका फिलिपको शुक्रबार ९९ वर्षको उमेरमा निधन भएको थियो । उनी महारानीसँग नेपाल भ्रमणमा समेत आएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर