पत्रकार महासंघमा विपुल पोखरलको जित निश्चित, युनियनको विजयोत्सव सुरु – Nepal Press

पत्रकार महासंघमा विपुल पोखरलको जित निश्चित, युनियनको विजयोत्सव सुरु

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि भएको चुनावमा विपुल पोखरेलको प्यानलको जित निश्चित भएको छ । मत परिणामको औपचारिक घोषणा भने भइसकेको छैन ।

पहिलोपटक प्रत्यक्ष प्रणालीबाट भएको निर्वाचनमा प्रेस युनियनले सिंगै प्यानलमा जित हासिल गरेको हो । विपुल प्यानल जित सुनिश्चित भएको हो । अध्यक्षमा विपुल पोखरेलले प्रतिद्वन्द्वी निर्मला शर्मालाई दुई हजारभन्दा बढी भोटले पछि पारेका छन् ।

विपुलको जित निश्चित भएसँगै प्रेस युनियनले उनलाई खादा र माला लगाइदिएर विजयोत्सव मनाइरहेको छ । मत परिणामको औपचारिक घोषणा ५ बजेपछि गर्ने कार्यक्रम छ ।

पछिल्लो परिणामअनुसार प्रेस युनियन प्रेस संगठन तथा माधव नेपाल निकट प्रेस चौतारीसहित ११ संगठन सबै पदमा अगाडि छन् ।

पछिल्लो मत परिणाम अनुसार,पोख्रेल नेतृत्वको समूहले ५ हजार ३ सय मत र निर्मला शर्मा नेतृत्वको समूहले ३ हजार मत ल्याएको छ । गजेन्द्र बुढाथोकीले १७६ मत प्राप्त गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *