पत्रकार महासंघको निर्वाचन : विपुल प्यानल २ हजार मतले अगाडि – Nepal Press

पत्रकार महासंघको निर्वाचन : विपुल प्यानल २ हजार मतले अगाडि

काठमाडौं । नेपाल पत्रकार महासंघमा विपुल पोखरेल नेतृत्वको प्यानल नै विजयको निकट पुगेको छ ।

मतणनाको अन्तिम चरणमा पुग्दा प्रेस युनियन र प्रेस संगठन तथा माधव नेपाल निकट प्रेस चौतारीसहित ११ संगठनको गठबन्धन २ हजार मतान्तरले अगाडि छ ।

निर्वाचन समितिका सदस्य रामहरि सिलवालका अनुसार अहिले सम्म मुलुकका विभिन्न ६० जिल्लाको मत परिणाम आईसकेको छ । रुकुम पुर्व बाहेक ७६ जिल्लामा निर्वाचन भएको थियो । अझै १६ जिल्लाको मत परिणाम आउन बाँकी रहेको छ ।

पछिल्लो मत परिणाम अनुसार,पोख्रेल नेतृत्वको समूहले ५ हजार ३ सय मत र शर्मा नेतृत्वको समूहले ३ हजार मत ल्याएको छ । गजेन्द्र बुढाथोकीले १७६मत प्राप्त गरेका छन् ।

सिलवालले विद्युत् आपुर्तिमा समस्या आएकाले जाजरकोट, हुम्ला लगायत केही जिल्लाको मतपरिणाम केन्द्रसम्म आईपुग्न कठिनाई भएको बताए ।

मुलुक संघीय संरचनामा गएपछि महासंघको नेतृत्व पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन हुन लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर