१ करोड ३० लाख राशीको फिल्म पुरस्कारको फाइनलमा नेपाली निर्देशक – Nepal Press

१ करोड ३० लाख राशीको फिल्म पुरस्कारको फाइनलमा नेपाली निर्देशक

काठमाडौं । झन्डै १ करोड ३० लाख रुपैयाँ (८० हजार पाउन्ड स्टर्लिङ) राशीको द विकर्स टिभी एन्ड डकुमेन्ट्री अवार्डको फाइनलमा नेपाली फिल्म निर्मात्री सुविना श्रेष्ठ छानिएकी छिन् ।

बेलायतमा आयोजना हुने सिफिल्ड फेस्टिभलमा उक्त पुरस्कार प्रदान गरिन्छ । उक्त अवार्डका लागि विभिन्न मुलुकका सात निर्देशकका पाँच प्रोजेक्ट छानिएका छन् ।

जसमा नेपालबाट ‘देवी’ नामक फिल्मका लागि सुविन छानिएकी हुन् । अवार्ड जित्नेले फिल्म निर्माणका लागि उक्त राशी जित्नेछ । प्रतियोगीले पेश गरेको फिल्म निर्माणको प्रस्ताव हेरेर फेस्टिभलका निर्णायकले सर्वोत्कृष्ट चयन गर्छन् ।

नेपालको सशष्त्र द्वन्द्वको क्रममा बलात्कारको शिकार भएकी देवी नामक पूर्वमाओवादी लडाकुले न्यायको लागि गरेको संघर्षलाई सुविनको उक्त प्रस्तावित फिल्मले चित्रण गर्छ ।

सुविनाको उक्त फिल्मको प्रशंसा गर्दै निर्णायकमध्येका एक म्यान्डी च्याङले थाहा नभएको ठाउँको नीजि कथालाई फिल्मले पेश गरेको र एक महिलाले कार्यकर्ता, नेतृ र व्यक्तिगतरुपमा भोगेको अनुभव रोचक भएको बताएका छन् ।

गतवर्ष नेपाली फिल्ममेकर राजन कठेतको नो विन्टर होलिडेजपनि यो पुरस्कारको उत्कृष्ट पाँच अन्तिम प्रतियोगीको रुपमा छानिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर