साहसिक पर्यटनको हब बन्दै प्रदेश १, जेट बोटिङदेखि जीपलाइनसम्मका प्याकेज – Nepal Press

साहसिक पर्यटनको हब बन्दै प्रदेश १, जेट बोटिङदेखि जीपलाइनसम्मका प्याकेज

इटहरी । प्रदेश १ नेपाली साहसिक पर्यटनको एक ‘इपिसेन्टर’ हो । सगरमाथा आरोहणदेखि हिमालयन ट्रेकिङहुँदै विभिन्न पर्यटकीय क्षेत्रमा अगाडि छ, प्रदेश १ । प्रदेश १ को साहसिक पर्यटन क्षेत्रको बिम्ब हिमाली क्षेत्र भनेर बुझिन्छ । तराईलाइ साहसिक पर्यटन ‘हब’ मानिँदैन । तर, प्रदेश १ को तराई, अझ भनौं पूर्वी तराईमा भने धेरै व्यवसायिक पर्यटन प्याकेज छन्, त्यसबारे थोरै मात्र पर्यटक जानकार छन् ।

पूर्वी तराइसँगको सीमासँग भारतको बिहार र पश्चिम बंगाल जोडिन्छन् । बंगलादेश पनि पूर्वी नाकाबाट १ घण्टाको सवारी दुरीमा छ । भुटान पनि पूर्वी नाकाबाट ५ घण्टा हाराहारीको हाराहारीमा पुगिन्छ । र, यही प्रदेश १ को तराईमा धेरै व्यवसायिक साहसिक पर्यटन प्याकेज छन् ।

२०७५ मंसिर ८ मा प्रदेश १ का व्यवसायी भविश श्रेष्ठ, फणिन्द्र अधिकारी, बासुदेव बराह लगायतको समूहले प्रदेश १ बाटै सुरु गरेको व्यवसायीक माउन्टेन फ्लाइट भलै अहिले बन्द छ । तर, अन्य धेरै साहसिक प्याकेज छन् ।

१. जेट बोटिङ

सप्तकोशी नदि नेपालको सबैभन्दा ठूलो नदि मात्रै हैन । यो संसारको सबैभन्दा धेरै बालुवा बोक्ने नदि पनि हो । पछिल्लो समयमा सप्तकोशीमा जेटबोट संचालन भएको छ । २०७४ चैतबाट बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रालीले सप्तकोशीमा आधा दशक अगाडि स्थगित व्यवसायिक जलयातायात सुरु गर्‍यो ।

त्यस अगाडि २०६७ सालमा नेपाल रिभर ट्रान्सपोर्ट प्राली र २०६८ सालमा सुम्निमा जलयातायात पनि सञ्चालन भएको थियो । सुम्निमाको दुर्घटनापछि अवरुद्ध जस्तै जेटबोट सेवा बराहक्षेत्र पर्यटन प्रालीले सुरु गर्‍यो । हाल बराहसँगै सप्तकोसि टुरिजम एन्ड वाटर ट्रान्सपोर्ट लगायतका विभिन्न नयाँ जेटबोट सेवा प्रदायकहरू पनि थपिएका छन् ।

२. प्याराग्लाइडिङ

प्याराग्लाइडिङ भन्ने बित्तिकै पोखरा भन्ने आम मानिसको बुझाइ छ । तर, त्यो बुझाइलाई परिवर्तन गर्ने लक्ष्यसहित पूर्वको धरानमा व्यवसायिक प्याराग्लाइडिङ सुरु भएको छ । धरानका व्यवसायी रोशन अधिकारीले २०७२ सालको असोज २२ गतेबाट व्यवसायिक उडान सुरु गरे ।

धरानमै धरान स्काइ एडभेन्चरसँगै धरानमै बुढासुब्बा प्याराग्लाइडिङसमेत सञ्चालनमा आएको छ । स्थानीय लेखमणि जिमी, राम राई, तथा चन्द्र राईले ७३ सालको मंसिर २७ बाट प्याराग्लाइडिङ सुरु गरेका हुन् बुढासुब्बा प्याराग्लाइडिङ । सात हजार हाराहारी शुल्कमा प्याराग्याइडिङको व्यावसायिक प्याकेज दिने दुवै कम्पनीहरू अहिले निक्रिय छन् ।

३. जिप लाइन

पोखरा र धुलिखेलमा सेवा लिन जानुपर्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्ने जिप लाइन सेवा धरानमा २०७६ फागुन २४ बाट सुरु भयोे । मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको यो सेवा धरान ४ देविथान क्षेत्रको जिप लाइन भेडेटारको धरानतर्फको पाखोमा छ । यसको लम्बाइ ६५० मिटर छ ।

धरान २० कालिमाटिमै पनि अर्को जिप लाइन सुरु भएको छ । चैत्रमा परिक्षण भएको यसको व्यवसायिक सञ्चालन हुन बाँकी छ । सेछ पार्कले स्काइ साइक्लिङ देखी बर्मा ब्रिजसम्म परिक्षण गरे पनि व्यवसायिक सुभारम्भ हुन बाँकी छ । इटहरीको इप्पील्यान्ड वाटर पार्कदेखि झापाको ह्याप्पील्यान्डमा पनि यो सुविधा थपिएका छन् ।

४. र्‍याफ्टिङ

त्रिशुली तथा भोटेकोशीमा मात्रै गरिँदै आएको व्यवसायिक र्‍याफ्टिङ पूर्वमा पनि सुरुआत भएको छ । इटहरीका व्यवसायी सुरेश बस्नेतले २०७३ सालको बैशाख ८ गतेबाट आधिकारिक दर्ता गरेर रिभर डिप नामक उक्त र्‍याफ्टिङ कम्पनीले पूर्वबाटै र्‍याफ्टिङ सुरु गरेको छ ।

२०६२ सालबाट धरानमा मदन ढकालले संचालन गर्ने तमोर रिभर र्‍याफ्टिङ कम्पनीसँगै रिभर डिप थपिएपछि पूर्वमा र्‍याफ्टिङ गर्न थप सुविधा छ । धनकुटाको मुलघाटदेखि चतरासम्म तमोरमा बर्खा बाहेको समयमा र्‍याफ्टिङ गराउने यी कम्पनीहरूले अरुण र सुनकोशी जस्ता प्रदेश १ का ठूला नदिहरूमा पनि र्‍याफ्टिङ सेवा दिन्छन् ।

२०७५ मंसिर ७ गतेबाट त माथिल्लो तमोर क्षेत्रमा पनि व्यवसायिक र्‍याफ्टिङ सुरु भएको छ । पाँचथरको फिदिमका व्यवसायी दिपेन्द्र तुम्बापोले पाँचथर क्षेत्र भएर बग्ने तमोरमा पनि व्यवसायिक र्‍याफ्टिङ सुरु गरेका छन् । मेची पहाडी क्षेत्रमा आउने पर्यटकहरूलाइ यो सेवामा आकर्षित गर्न सकिन्छ ।

५. माउन्टेन बाइकिङ

२०७१ सालदेखि धरानबाट पूर्वमा व्यवसायिक साइक्लिङ माउन्टेन बाइकिङको पनि सुविधा छ । माउन्टेन बाइकिङको लागि धरानदेखि भेडेटार, धनकुटा, हिले, बसन्तपुर हुँदै गुफापोखरी सम्मको कोशी क्षेत्रको रुट तय भएको छ ।

यस्तै गरी इस्टर्न सर्किट भनेर धरानबाट धनकुटा, संखुवासभा, ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ हुँदै सुनसरीको धरानमै आँउने रुटमा विश्व साइकलयात्री पुष्कर शाह समेत सहभागी भइसकेको यसका अभियन्ता कृष्ण केसी बताँउछन् । साइक्लिङ धरान नाम रहेको उक्त माउन्टेन बाइकिङ समूहको संरक्षक विश्व साइकल यात्री पुष्कर शाह छन् ।

६. हेली राइड

हेलिकप्टर चढ्न काठमाण्डौ वा पोखरा जानैपर्ने अवस्था टोडेर पूर्वमा पनि यो सेवाको सुरुआत भएको छ । मकालु हिमाल आरेहणको छ दशक पुगेको अवशरमा ताप्लेजुङमा २०७३ मंसिरमा ल्याइएको हेलिकप्टर चढ्ने सेवा केहि समयपछि मोरङमा पनि सुरु गरियो ।

२०७३ फागुन २५ र २६ गते इटहरी नजिकको गोकर्ण रिसोर्टले धरान, भेडेटार, कोशीटप्पु र इटहरीको हेलि राइड सुविधा ल्याएको थियो । पाथिभरा दर्शनको लागि भन्दै होटल व्यवशायी संघ भेडेटारले पनि हेलि राइड संचालन २०७५ पुष १६ देखि यो सेवा लगभग एक हप्ता हाराहारी सञ्चालन संचालन गरेको थियो ।

भेडेटारको सफल हेली उडानपछि इटहरी खाद्य उत्सवमा होटल व्यवशायी संघ इटहरीले पनि गर्‍यो । यो सेवालाइ स्वदेशीमात्रै होइन विदेशीलाइ लक्षित गरेर निरन्तरता दिन सकिन्छ । पाथिभरा, हलेसी, सभापोखरी, तिम्बुङ पोखरीदेखि अन्य महत्त्वपूर्ण पवित्र क्षेत्रहरूमा हेली राइड सेवा गर्न सकिन्छ । तर, यो सेवा बाह्रै महिना भने सञ्चालन हुँदैन ।

७. जंगल सफारी

जंगल सफारी भन्ने बित्तिकै चितवन र बारा भन्ने आम बुझाइको अन्त्य गर्दै धरानका चर्चित पर्यटन व्यवसायी बाशुदेव बरालले सुनसरीमै जंगल सफारीको प्रारम्भ गरे । धरानबाट तल्लो पानमारा, बांगे, प्रकाशपुर हुँदै अर्नाको लागि प्रसिद्ध कोशी टप्पु बन्यजन्तु आरक्ष सम्मको एक दिने यात्रा रहेको जंगल सफारीको सुरुआत २०७३ सालको मंशिर बाट भएको हो ।

धरानमा ब्रेकफास्ट गरेर, कोशी टप्पु पुगेर लन्ज गर्दै चौधरी गाँउ घुम्दै गाँम्रिण यात्रा गर्ने, हात्ति चढ्ने, बोटिङ गर्ने, कोशी किनारमा सामुन्द्रिक तटको मजा लिने अनि कोशी टप्पु आरक्ष क्षेत्रमा पाँइने अर्ना र डल्फिन अवलोकन गर्दै नास्ता गरेर चारकोशी झाडिहुँदै धरान आँउने जंगल सफारीको शुल्क दुई हजार पाँच सय रुपैयाँ रहेको थियो ।

विश्वमा धेरै विकसित मानिने वाइल्डलाइफ पर्यटनको प्रवद्र्धनको लागि सुरु गरिएको जंगल सफारीमा पुष, माघ र फागुनमा मात्रै ९ समुहले यात्रा गरेको संचालक बराल बताउँछन । तर, संचालनको केहि समयमा जंगली हात्तिको आतंक देखी आरक्ष कर्मचारीको असहयोगको कारणले सफारी बन्द भएको छ । कोशि टप्पु भित्रका बर्ड वाचिङ क्याम्पहरूले यो सेवा दिइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर