एमाले–जसपा गठबन्धन जनकपुर उद्योग वाणिज्य संघमा पनि, दलीय प्रतिस्पर्धामा करोडौं खर्च – Nepal Press

एमाले–जसपा गठबन्धन जनकपुर उद्योग वाणिज्य संघमा पनि, दलीय प्रतिस्पर्धामा करोडौं खर्च

अध्यक्षका उम्मेदवार महासेठलाई एमाले–जसपा र साहलाई कांग्रेसको साथ

जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचन हुँदैछ । जनकपुरस्थित गोपाल धर्मशालामा भइरहेको निर्वाचनमा उम्मेदवारहरुले प्रचारमा करोडौं रुपैयाँ खर्च गरेका छन् ।

संघको अध्यक्षमा जितेन्द्र महासेठ र जितेन्द्र प्रसाद साहबीच प्रतिस्पर्धा छ । महासेठ संघका वर्तमान महासचिव हुन् भने साह वरिष्ठ उपाध्यक्ष । महासेठलाई जनता समाजवादी पार्टी र नेकपा एमालेको समर्थन छ भने साहले नेपाली कांग्रेसको साथ पाएका छन् ।

यस्तै वरिष्ठ उपाध्यक्षमा व्यवसायी मनिष रमन साह र सुरेन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । साह र भण्डारी दुवैले निर्वाचन जित्न ठूलो रकम खर्चेका छन् । साहलाई कांग्रेस र भण्डारीलाई एमालेको समर्थन छ ।

यस्तै निर्वाचनमा जनकपुरधामका वडाध्यक्षहरु पनि विभाजित भएका छन् । साहलाई जिताउन वडा नम्बर ७ का अध्यक्ष जानकीराम साह खुलेर लागेका छन् । भण्डारीको पक्षमा वडा नम्बर ३ का अध्यक्ष दिपेन्द्र साहले प्रचार गरेका छन् ।

यस्तै एक उपाध्यक्षका लागि सात जना उम्मेदवार चुनावी मैदानमा छन् । श्यामप्रसाद साह, संतोषकुमार साह, लक्षमण साह, अनिलकुमार प्रधान, अम्भ प्रसाद साह, रमेशकुमार यादव र फुलगेन साह उपाध्यक्षका उम्मेदवार हुन् ।
महिला उपाध्यक्षमा दिपिका राय निर्विरोध निर्वाचित भइसकेकी छन् ।

यस्तै महासचिवमा सात उम्मेदवारबीच प्रतिस्पर्धा छ । महासचिव बन्न कृष्णकुरारी साह, रामकुमार महासेठ, अशोककुमार चौधरी, सुधीर पञ्जियार, मनोजकुमार साहसहित चुनावी मैदानमा छन् ।

सचिवका लागि गोपी कुमार साह, संतोष कुमार महासेठ र फुलदेव पण्डितले प्रतिस्पर्धा गरिरहेका छन् । कोषाध्यक्षमा रमेश्वर साह, मनोजकुमार शर्मा र विजयकुमार साहबीच प्रतिस्पर्धा छ ।

एशोशिएट सदस्यमा राजिव कुमार साह निर्विरोध निर्वाचित भइसकेका छन् । एक महिला सदस्यका लागि सरिता ठाकुर र माया कुमारीबीच प्रतिस्पर्धा छ । कार्यकारी सदस्यका लागि ११ जनाबीच प्रतिस्पर्धा छ ।

प्रचारमा करोडौं खर्च, प्रचार सामग्रीले सडक ढाकियो

मतदानस्थल पर्चा पम्पलेटले भरिएको छ । रामचोकमा करिब ५ सय मिटरमा उम्मेदवारहरुले आफ्नो पक्षमा मतदान गर्नका लागि पर्चा पम्पलेट झुण्ड्याएका छन् । पर्चा पम्पलेटमै उम्मेदवारहरुले करोडौं खर्च गरेका छन् ।

सार्वजनिक ठाउँमा प्रचार सामग्री टाँस्न निर्वाचन आचार संहिताले रोक लगाएको छ । तर कुनै पनि उम्मेदवारले आचार संहिताको पालना गरेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर