बेलायती राजकुमार फिलिपको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दु:ख व्यक्त – Nepal Press

बेलायती राजकुमार फिलिपको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दु:ख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति समवेदना व्यक्त गर्दै नेपालले एक असल साथी गुमाएको बताएका छन् ।

फिलिपको ९९ वर्षको उमेरमा शुक्रबार निधान भएको थियो । महारानी एलिजाबेथका द्वितीय पति फिलिपले १९४७ मा उनीसँग विवाह गरेका थिए ।

उनको निधन पश्चात प्रधानमन्त्री ओलीले ट्वीट गर्दै बेलायती प्रधानमन्त्री बोरिस जोनसोन र बेलायती नागरिकप्रति समवेदना व्यक्त गर्दै फिलिपको निधनले एक असल साथीसँगै ‘सोसियल वेलफेयर’का च्याम्पियन गुमाएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर