गुठीका नाममा भूमाफियाले कब्जा गरेको जग्गा सरकारी स्वमित्वमा – Nepal Press

गुठीका नाममा भूमाफियाले कब्जा गरेको जग्गा सरकारी स्वमित्वमा

काठमाडौं । काठमाडौंको कालोपुल क्षेत्रमा नदीले धार परिवर्तन गर्दा छुट्टिएको आठ रोपनी जग्गा सरकारले आफ्नो स्वामित्वमा ल्याएको छ । धोवी खोलाले धार परिवर्तन गर्दा बचेको जग्गालाई भूमाफियाले अवैध गुठी बनाई स्वामित्व परिवर्तन गरेका थिए ।

स्थानीयले विरोध गरे पनि मातहतका कार्यालयले माफियाको पक्षमा निर्णय गर्दा जग्गा माफियाको कब्जामा पुगेको थियो । २०७६ फागुन १३ गते सार्वोच्च अदालतले उक्त जग्गा सरकारको नाममा ल्याउने गरी फैसला गरेपछि मालपोत कार्यालयले २०७७ चैत्र २ गते सरकारको नाममा नामसारी गरेको थियो । जग्गा फिर्ता भएपछि साइनबोर्ड (संकेत चिह्न) राख्न पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले भूमाफियाको कब्जामा पुगेका सबै सरकारी जग्गा सरकारको नाममा फिर्ता ल्याउने अभियान नै चलाइएको बताए ।

भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले बदनियतपूर्ण ढङ्गले सरकारी जग्गा अतिक्रमण गरेर व्यक्तिको नाममा लगिएका देशभरका सबै जग्गालाई सरकारको नाममा ल्याउने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

कार्यक्रममा रातोपुल क्षेत्रका स्थानीयले भने बदनियतपूर्ण ढङ्गले सरकारी जग्गा हिनामिना गर्ने व्यक्तिलाई कारबाही गर्न माग गरेका छन् ।

अतिक्रमणमा परेका जग्गालाई सरकारको नाममा ल्याउने क्रममा प्रक्रिया पु¥याउँदा केही ढिलो हुने भए पनि सबै अतिक्रमित जग्गालाई सरकारको नाममा ल्याउने अभियान शुरु भइसकेको मन्त्री तुम्बाहाङ्फेले जानकारी दिइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर