कैलाश श्रेष्ठ बने भूमिका श्रेष्ठ, नागरिकतामा नाम र लिंग परिवर्तनको स्वीकृति – Nepal Press

कैलाश श्रेष्ठ बने भूमिका श्रेष्ठ, नागरिकतामा नाम र लिंग परिवर्तनको स्वीकृति

काठमाडौं । सरकारले तेस्रोलिंगी भूमिका श्रेष्ठको नाम र लिंग परिवर्तन गर्न स्वीकृति दिएको दिएको छ । मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले भूमिका श्रेठको नागरिकतामा नाम र लिंग परिवर्तन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई स्वीकृति दिएको बताए ।

मन्त्रिपरिषदको चैत २३ गतेको बैठकले यसअघि कैलाश श्रेष्ठको नाममा अन्य लिंग कायम भएको उनको नागरिकताको विवरण संशोधन गरि भूमिका श्रेष्ठ र महिला लिंग कायम गरि नागरिकताको प्रतिलिपि दिन जिप्रकालाई स्वीकृति दिएको छ । उनको निवेदन अनुसार यो प्रक्रिया अघि बढेको हो । तेस्रो लिंगीले नाम परिवर्तन गरि नागरिकता पाउन लागेको यो सम्भवतः पहिलो पटक हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *