ज्ञवाली र जयशंकरबीच टेलिफोन वार्ता : भारतले नेपाललाई अवरुद्ध खोप आपूर्ति सुचारु गर्ने – Nepal Press

ज्ञवाली र जयशंकरबीच टेलिफोन वार्ता : भारतले नेपाललाई अवरुद्ध खोप आपूर्ति सुचारु गर्ने

काठमाडौं । कोभिड-१९ विरुद्ध मिलेर लड्ने विषयमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच शुक्रबार टेलिफोन संवाद भएको छ ।

कुराकानीको क्रममा मन्त्री ज्ञवालीले अवरुद्ध खोप आपूर्ति सुचारु गर्न भारतलाई आग्रह गरेको परराष्ट्र मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ । जवाफमा भारतीय विदेशमन्त्रीले नेपाललाई अवरुद्ध खोप आपूर्तिलाई सुचारु गर्ने कुरामा सहमति जनाएको उल्लेख छ ।

भारतले खोप आपूर्तिको माध्यमबाट महामारीसँग लड्न नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको विज्ञप्तीमा उल्लेख छ ।

दुबै समकक्षीबीच महामारीसँग लड्ने विषयमा विचार आदानप्रदान भएको थियो । परराष्ट्रमन्त्री ज्ञवालीले १० लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराएकोमा भारतलाई धन्यवाद समेत दिएका थिए ।

कोरोनाको दोस्रो लहर दुबै मुलुकमा बढेको र यसले स्वास्थ्य जोखिम सिर्जना गरेको पृष्ठभूमिमा दुई मुलुकका विदेशमन्त्रीबीच छलफल भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर