विपीन र अर्पणको मुख्य भूमिका रहने फिल्म ‘लालमोहन जी’ बन्ने – Nepal Press

विपीन र अर्पणको मुख्य भूमिका रहने फिल्म ‘लालमोहन जी’ बन्ने

काठमाडौंँ । फिल्म ‘लाल मोहन जि’ निर्माण हुने भएको छ । दुई बर्ष निर्माण भएको ‘पासवर्ड’ निर्देशक सम्राट बस्नेतले यसलाई निर्देशन गर्न लागेका हुन् । आर.रोसफी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको ‘लाल मोहन जि’का प्रस्तुतकर्ता तथा निर्माता सुगन तण्डुकार हुन् ।

विपिन कार्की, अर्पण थापा, कार्म, रोहित रुम्बा, रविन्द्र झा, सुस्मा कार्की, सुभाष मेचे, कालु राना, सुगन तण्डुकार र बालकलाकार सुशान्त मेचेको मुख्य भूमिका रहने फिल्मकी लिड एक्ट्रेस तय हुन बाँकी छ ।

प्रवेश पौडेलको कथामा पट्कथा रहने फिल्ममा सन्तोष राजको संगीत, नीरज कडेलको छायाँकन, राजु तामाङको द्वन्द्व, कबिराज गहतराजको नृत्य रहनेछ । फिल्मलाई अर्जुन जिसीले सम्पादन गर्नेछन् ।

झापाको भद्रपुर, भारत, क्यानडा र अष्ट्रेलियामा छायाँकन हुने बताइएको फिल्म कोरोना भाइरस महामारी साम्य भए जेठको पहिलो साताबाट फ्लोरमा निस्कने तयारीमा छ ।

सस्पेन्स कमेडी कथामा बन्न लागेको फिल्मको कथा राम्रो भएको निर्देशक बस्नेतले दाबी गरे । ‘फिल्मको कथाका लागि दुई बर्ष गृहकार्य गरेका छौ । यसको कथा अहिले सम्मकै उत्कृष्ट हो भन्ने मलाई लाग्छ’ बस्नेतले भने ‘कथा राम्रो भएकोले पनि बिपिनलगायत कलाकारले मन पराएका छन् ।’

आफ्नो टिमको सबै कलाकारलाई समेत फिल्मको कथा राम्रो लागेको बस्नेतले सुनाए । आउने तिहारमा प्रदर्शन लक्ष्य राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *