देउवालाई रामचन्द्रको कटाक्षः जोखाना हेर्दा हेर्दै एउटा चान्स मिस भयो, चुनाव–चुनाव मात्रै भनेर सुख पाइदैन (भिडियो) – Nepal Press

देउवालाई रामचन्द्रको कटाक्षः जोखाना हेर्दा हेर्दै एउटा चान्स मिस भयो, चुनाव–चुनाव मात्रै भनेर सुख पाइदैन (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार बदल्न जोखाना हेर्दा हेर्दै एउटा अबसर गुमेको भन्दै सभापति शेरबहादुर देउवाप्रति कटाक्ष गरेका छन्।

नेपाल निजामती कर्मचारी युनियनले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्र्दै पौडेलले चुनाव–चुनाव मात्रै भनेर नहुने बताएका छन्।

‘अब एउटा चान्स त हामीले अस्तिनै मिस गरिसकेका छौं,’ पौडेलले भने, ‘जनु बेला एमाले र माओवादी केन्द्र बनेका थिएनन, त्यो बेलामा जोखाना हेर्दा हेर्दै एउटा चान्स मिस भएको छ । जोखाना फेरी पनि हेरेर यो चान्स मिस गर्ने अनिपछि टाउको समातेर रुने यो कुरा हुँदैन । चुनाव चुनाव चुनाव यो सबैले भन्छन् ।’

संसदमा प्रतिपक्षी दलको भूमिकाको पनि लेखाजोखा हुने भन्दै पौडलले वर्तमान सरकारको विकल्प खोज्नु पर्नेमा जोड दिए।

‘संसदको रोस्टमलाई प्रधानमन्त्रीले प्रयोग गर्न नचाहँदा खेरीमा प्रतिपक्षी दलले रोस्टम प्रयोग ग¥यो की गरेन, कसरी गर्‍यो यसको पनि लेखाजोखा इतिहासमा हुने छ, उनले भने, ‘यहाँ चुनाव–चुनाव मात्रै भनेर सुख पाइदैन । हामीले निरंकुशता तिर बढिरहेको यो सत्तालाई विकल्प खोजी गर्नुपर्छ ।’

विकल्पको लागि उदार बन्दै अरु पार्टीहरुसँग मिलेर सरकार बदल्ने काममा इमान्दार प्रयत्न गर्नुपर्ने उनको भनाइ । पौडेलले पार्टीको अधिवेशन सम्पन्न नभइ चुनावमा हामफाल्ने नहुने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर