कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभूषणबाट उद्यमी ढकाल सम्मानित – Nepal Press

कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभूषणबाट उद्यमी ढकाल सम्मानित

काठमाडौं । कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभूषणबाट आइएमई ग्रुपका अध्यक्ष, उद्यमी तथा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल सम्मानित भएका छन् ।

चैत २७ गते शुक्रबार राष्ट्रपति कार्यालय आयोजित एक कार्यक्रमको बीच विभूषण सुशोभन विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढकाललाई सम्मानित गरेकी हुन् ।

नेपाल सरकारले गत वर्षको  असोज ३ संविधान दिवसको अवसरमा ढकाललाई उक्त विभूषणबाट सम्मानित गर्ने घोषणा गरेको थियो ।

ढकाल नेपालको लागि इन्डोनेसियाका अवैतनिक दूत, हस्पिटालिटी, विप्रेषण, बैंक तथा वित्त, पर्यटन र ऊर्जालगायतका क्षेत्रमा लगानी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर