कर प्रयोजनका लागि शनिवार र आइतवार बैंक खुल्ने – Nepal Press

कर प्रयोजनका लागि शनिवार र आइतवार बैंक खुल्ने

काठमाडौं । चैत महिनाको राजस्व संकलन प्रयोजनका लागि २९ गते शनिवार र ३० गते घोटजात्राको सार्वजनिक बिदामा पनि बैंकहरु खुल्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली बिभागले उक्त दुई दिन नेपाल राष्ट्र बैंकको  ‘आरटिजिएस’ सेवा सञ्चालनमा रहने सूचना जारी गरेको छ ।

उक्त दुई दिन ‘आरटिजिएस’ ‘एनसिएजएल’  र राजस्व संकलनका काउन्टरहरु खुल्ला रहने नेपाल राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर