सिंगटीको आईपीओ २ लाख ६९ हजारले पाए, १२ लाख ९० हजारको हात खाली – Nepal Press

सिंगटीको आईपीओ २ लाख ६९ हजारले पाए, १२ लाख ९० हजारको हात खाली

काठमाडौं । सिंगटी हाइड्रोपावरको आईपीओ २ लाख ६९ हजार ७०० जनाले पाएका छन् ।

१५ लाख ६५ हजार ५३० जनाको आवेदन परेकोमा २ लाख ६९ हजार ७ सयले मात्रै आईपीओ पाएको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलले जानकारी दिएको छ ।

आवेदकलाई न्युनतम १० कित्ताको दरले शेयर पाएका छन् । १२ लाख ९० हजार १०२ जना योग्य आवेदकको भने हात खाली भएको छ ।

गत चैत ६ गतेदेखि चैत १० गतेसम्म निष्काशन भएको उक्त आईपीओमा १५ लाख २३ हजार ४५० जना आवेदकले २ करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो । माग भन्दा २६ लाख ९७ हजार कित्ता धेरै आवेदन परेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर