जनमोर्चामा चित्रबहादुरले छोडेनन् अध्यक्ष, २५ वर्षदेखि निरन्तर – Nepal Press

जनमोर्चामा चित्रबहादुरले छोडेनन् अध्यक्ष, २५ वर्षदेखि निरन्तर

रुपन्देही । राष्ट्रिय जनमोर्चाको अध्यक्षमा चित्रबहादुर केसी फेरि दोहोरिएका छन् । चैत २४ गतेदेखि बुटवलमा सुरु भएको चौथो राष्ट्रिय सम्मेलनबाट पनि उनी पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएका भएका हुन् ।

सम्मेलनले केसीको अध्यक्षतामा ३७ पूर्ण र १० वैकल्पिक गरी ४७ सदस्यीय नेतृत्व चयन गरेको छ । पार्टीको कार्यकारी अध्यक्षमा रेश्मिराज नेपाल, उपाध्यक्षमा दुर्गा पौडेल र जनकराज शर्मा, महासचिवमा मनोज भट्ट, सचिव हिमलाल पुरी, कोषाध्यक्षमा मधु क्षेत्री निर्वाचित भएका छन् ।

सदस्यहरुमा क्रमशः शंकर वराल, कृष्ण थापा, कृष्णबहादुर खड्का, रत्नविक्रम प्यासी राना, तारा थापा, नन्दराज भट्ट, डम्मर पुरी, लाल बहादुर जाग्री, सोम कुमार कार्की, कमला जिसी, राजेन्द्र ढुङ्गाना, लालबहादुर थापा, घनश्याम न्यौपाने, झविलाल थापा, पियारी थापा, इन्दिरा ज्ञवाली, यमलाल पोख्रेल, मञ्जु परियार, लक्ष्मी केसी, सुधा शर्मा, दिल बहादुर दर्जि, देवि शर्मा, भागरथि भट्टराई, दिपक पाण्डे, नारायण जिसी, पद्मा पण्डित, चन्द्रा परियार, लिलादेवि शर्मा, रामकुमार क्षेत्री र कल्याणि श्रेष्ठ निर्वाचित भएका छन् ।

वैकल्पिक सदस्यहरू क्रमशः गिरिप्रसाद बुढा, गौरिश्वर पाण्डे, धर्मानन्द सुवेदी, चिन्तामणि पौडेल, हेमकुमार गुरुङ, अमृत पाण्डे, गणेश आचार्य, कमल बिक्रम शाहि, उदयनारायण चौधरी, सुवर्ण बिक्रम थापालाई चयन गरेको छ ।

त्यस्तै सम्मेलनले बद्रे आलम, अमर थापा, लोकेन्द्र लम्साल, काजिलाल वाईवा, दधिराम आचार्य, सागर केसी, देवजंग शाही, मोहनमणि ढकाल, मोमिना खातुन, राम बहादुर फुँयाल, बेदिलाल सापकोटा र खगा रानालाई सल्लाहकार समितिमा चयन गरेको छ ।

पार्टीको विधान अनुसार नयाँ नेतृत्वको कार्यकाल पाँच वर्षको रहनेछ । २५ वर्षअगाडि गठन भएको पार्टीको पार्टीमा केसी निरन्तर अध्यक्षको जिम्मेवारीमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर