राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीद्वारा भियतनामका समकक्षीलाई बधाइ सन्देश – Nepal Press

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीद्वारा भियतनामका समकक्षीलाई बधाइ सन्देश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी गणतन्त्र भियतनामका नयाँ राष्ट्रपति नुगेन जुआन फुकले कार्यभार सम्हालेको अवसरमा बधाइ सन्देश व्यक्त गरेकी छिन् ।

६६ वर्षे राष्ट्रपति फुकले गतसाता राजधानी हनोइमा नयाँ राष्ट्रप्रमुखको रुपमा सपथ ग्रहण गरेका थिए । राष्ट्रपति भण्डारीले सन्देशमा राष्ट्रप्रमुखको रुपमा फुकको विजयले भियतनामका नागरिकको विश्वास र आत्मबललाई प्रतिविम्वित गरेको उल्लेख गर्दै उनको नेतृत्वमा भियतनाम समृद्धि र विकासतर्फ उन्मुख हुने विश्वास व्यक्त गरेकी छिन् ।

यसैगरि, प्रधामन्त्री केपी शर्मा ओलीले पनि भियतनामका नयाँ प्रधानमन्त्री फाम मिन चिनलाई बधाइ सन्देश पठाएका छन् । उनले दुई मुलुकबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास पनि लिएका छन् ।

सन् २०१९ को मे महिनामा आफूले गरेको भियतनाम भ्रमणको स्मरण गर्दै प्रधानमन्त्रीले चिनको कार्यकालमा दुबै मुलुकबीचको सांस्कृतिक र मित्रतापूर्ण सम्बन्ध अझै प्रगाढ हुने विश्वास लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर