ई-सेवा मनि ट्रान्सफर र वर्ल्ड रेमिटबीच सम्झौता, ५० देशबाट सिधै खातामा पैसा पठाउन सकिने – Nepal Press

ई-सेवा मनि ट्रान्सफर र वर्ल्ड रेमिटबीच सम्झौता, ५० देशबाट सिधै खातामा पैसा पठाउन सकिने

काठमाडौं। डिजिटल माध्यमबाट अन्तरदेशीय रेमिट्यान्स कारोबार गर्ने कम्पनी वर्ल्ड रेमिट र ई-सेवा मनि ट्रान्सफरबीच अन्तरदेशीय रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

सम्झौतासँगै विश्वभर रहेका वर्ल्ड रेमिटका ग्राहकले आफ्ना परिवार, आफन्तजन तथा साथीभाइलाई रियल टाइममै ई-सेवा वालेटमा रेमिट्यान्स पठाउन सक्ने भएका छन् ।

रेमिट्यान्स पठाउने सवालमा वर्ल्ड रेमिट शत प्रतिशत डिजिटल नगदरहित रहेको छ भने पैसा प्राप्त गर्नेहरुले आफ्नो बैंक खातामा, मोबाईल एयरटाइम टपअप, मोबाईल मनि तथा नगद संकलन गरेर समेत प्राप्त गर्न सक्नेछन् ।

ई-सेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा रेमिट्यान्स रकम भित्राउँदै आइरहेको छ । ई-सेवा मनि ट्रान्सफरले आफ्नो सेवाग्राहीहरुलाई ८ सय भन्दा बढी एजेन्ट सञ्जाल मार्फत पनि रेमिट्यान्स भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ई-सेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर